देशका केही ठाउँमा पानी पर्दै : बाढी, पहिरो र डुबानको जोखिम

 असार ८, २०७७ सोमबार १४:५५:३ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डौ – अहिले देशका धेरैजसो ठाउँमा बादल लागेर केही ठाउँमा पानी परिरहेको मौसमविद्ले बताएका छन् । 

बेलुकीपख धेरैजसो ठाउँमा सामान्यदेखि मध्ययम खालको वर्षा हुने र प्रदेश १, प्रदेश २, वाग्मती प्रदेश र प्रदेश ५ का केही ठाउँमा भारी वर्षाको समेत सम्भावना रहेको मौसमविद् विभूति पोखरेलले जानकारी दिनुभयो । 

भारी वर्षा हुने ठाउँका नदीमा पानीको बहाव बढ्ने, पहिरो जाने, सडक तथा हवाई यातायात प्रभावित हुने तथा ढल पानीको राम्रो निकास नभएको ठाउँमा डुबान हुन सक्ने भएकोले सतर्कता अपनाउन मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ । 

आगामी तीन दिन देशभर वर्षाको सम्भावना रहेको, वर्षासँगै मौसमी गतिविधि बढ्ने हुँदा आवश्यक सतर्कता र पूर्वतयारी अपनाउनुपर्ने मौसमविद् पोखरेलले बताउनुभयो ।

महाशाखाको पछिल्लो विवरण अनुसार आज काठमाण्डाै उपत्यकामा ४० मिलिमिटर वर्षा भएको छ । त्यस्तै पोखरामा ६ दशमलव ५, धनगढीका १ दशमलव २, नेपालगञ्जमा ३३ दशमलव ०, जुम्लामा ३ दशमलव ८ र धनकुटामा ५ दशमलव ६ मिलिमिटर वर्षा भएको छ ।  

अन्तिम अपडेट: कात्तिक ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया