५ दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आयाे

 असार ९, २०७७ मंगलबार १८:३९:२३ | प्रेमनारायण आचार्य
unn.prixa.net

अर्घाखाँची – पाँच दिनदेखि अवरुद्ध गोरुसिङ्गे–सन्धिखर्क सडक सञ्चालनमा आएकाे छ ।  

शुक्रबार रातिदेखि अवरुद्ध रहेको सडक केही समयअघि देखि सञ्चालनमा आएकाे प्रमुख जिल्ला अधिकारी विजयराज पौडेलले बताउनुभयो । शनिबारदेखि नै सडक सञ्चालन गर्न दुई वटा डोजरले काम गरिरहे पनि पहिरो खस्ने क्रम नरोकिएपछि त्याे सम्भव हुन सकेकाे थिएन । 

सडक सञ्चालन भएपछि बीच बाटोमा अलपत्र परेका यात्रुहरु गन्तव्यमा जान थालेका छन् । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

प्रेमनारायण आचार्य

प्रेमनारायण आचार्य अर्घाखाँची उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया