खाल्सा क्षेत्रमा पापानी चाड शुरू
मंसिर १०, २०८१ सोमबार
डाेटी – जिल्ला प्रहरी कार्यालय डोटीले झण्डै २५ रोपनी क्षेत्रफलको जमिनमा रहेको गाँजा नष्ट गरेको छ ।
जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी निरीक्षक ध्रुवबहादुर विष्टको नेतृत्वमा गएको टोलीले दिपायल सिलगढी नगरपालिका वडा नम्बर ७ अन्तर्गत वन खेतमा बाँझो जमिन र खेतबारीमा उम्रिएको झण्डै २५ रोपनी क्षेत्रफल भित्र रहेको गाँजा नष्ट गरेको हो ।
जिल्ला सदरमुकाम सिलगढी क्षेत्रबाट नजिकको क्षेत्रमा रहेका पर्ने हुँदा दिनानु दिन गाँजा प्रयोगकर्ताहरुको संख्या बढेपछि नष्ट गर्ने अभियान चलाइएको जिल्ला प्रहरी कार्यालय डोटीका प्रहरी प्रवक्ता तथा डिएसपी लालबहादुर धामीले बताउनुभयो । उहाँले भन्नुभयो ‘खाली जमिनमा गाँजा उम्रिएको र गाँजा खानेको संख्या पनि दिनहुँ थपिन थालेपछि हामीले नष्ट गर्ने अभियान चलाएका हौ ।’
त्यस्तै प्रहरीले यस अघि डोटीको जोरायल क्षेत्रमा रहेको १५ रोपनी क्षेत्रफल भित्ररहेको गाजा पनि नष्ट गरेको थियो । प्रहरीले यहाँका विभिन्न ठाउँका जमिनमा उम्रिएको गाजा नष्ट गर्न थालेपछि स्थानीयबासीहरु पनि खुशी भएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।