मकवानपुरगढीमा गाडी दुर्घटना : दुई जनाको ज्यान गयो, १३ जना घाइते

 वैशाख ५, २०८२ शुक्रबार ८:३४:५० | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – मकवानपुरको मकवानपुरगढीमा गाडी दुर्घटना हुँदा दुई जनाको ज्यान गएको छ । अरु १३ जना घाइते भएका हुन् ।

गएराति मकवानपुरगढी गाउँपालिका वडा नम्बर –२ धरमपानीको कान्तिलोक पथ सडक खण्डमा बा प्र ०१–००६ ख ७०७२ नम्बरको यात्रुबाहक गाडी दुर्घटना भएको मकवानपुर प्रहरीले जनाएको छ ।

दुर्घटनामा रौतहटकी ५० वर्षीया निलमदेवी राउतको उपचारको क्रममा हेटौँडा अस्पतालमा र सर्लाहीकी १३ वर्षीया मानुसी मगरको घटनास्थलमा नै ज्यान गएको प्रहरीले जनाएको छ । घाइतेहरुको हेटौँडा अस्पताल र मकवानपुर सहकारी अस्पतालमा उपचार भइरहेको छ ।  

अन्तिम अपडेट: बैशाख ६, २०८२

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया