गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण

 असार १२, २०७७ शुक्रबार ७:७:५७ | राधाकृष्ण डुम्रे
unn.prixa.net

स्याङ्जा– गण्डकी प्रदेशमा थप २५ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ । गण्डकीका ४ जिल्लामा नयाँ सङ्क्रमित थपिएका हुन् ।

नवलपरासी सुस्ता पूर्वका २१ जना, तनहुँका २ जना, बाग्लुङका १ जना र स्याङजाका १ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो । २५ जना थपिएसँगै प्रदेशमा सङ्क्रमितको संख्या ७ सय ९२ पुगेको प्रदेश स्वास्थ्य निर्देशनालयले जनाएको छ ।

सबै सङ्क्रमितहरुलाई आइसोलेशनमा लैजाने तयारी भैरहेको गण्डकी प्रदेशका स्वास्थ्य निर्देशक एवं प्रदेश कोरोना नियन्त्रण तथा रोकथाम कार्यक्रमका प्रवक्ता बिनोद बिन्दु शर्माले जानकारी दिनुभयो ।

गण्डकी प्रदेशका ७ सय ९२ जना कोरोना सङक्रमितमध्ये १ सय १ जना निको भएर घर फर्किएका छन् । सङ्क्रमित २ जनाको ज्यान गएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

राधाकृष्ण डुम्रे

स्याङजाका पत्रकार राधाकृष्ण डुम्रे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया