प्रदेश १ बाट एकै दिन ७० जनाले कोरोना जिते

 असार १२, २०७७ शुक्रबार ९:४२:१५ | सुमन तिमल्सिना
unn.prixa.net

मोरङ – प्रदेश १ बाट आज ७० जना सङ्क्रमित डिस्चार्ज भएका छन् । पूर्वाञ्चल विश्वविद्यालयको कोभिड १९ आईसोलेसन केन्द्रमा उपचाररत ७० जना डिस्चार्ज भएका हुन् ।

मोरङका १२ जना, झापाका २९, सुनसरीका २०, ईलामका २, उदयपुरका ४, पाँचथर, भोजपुर र ताप्लेजुङका १–१ जना डिस्चार्ज भएका छन् ।

डिस्चार्ज हुनेहरु सबै जेठ २५ देखि ३० गतेसम्म भर्ना भएका १५ देखि ४८ वर्ष उमेर समूहका छन् । डिस्चार्ज भएकाहरूलाई पूर्वाञ्चल विश्वविद्यालयका चिकित्साशास्त्र संकायका डिन डा। शैलेशमणि पोखरेल, स्वास्थ्य कार्यालय मोरङका प्रमुख ज्ञानबहादुर बस्नेत लगायतले बिदाइ गर्नुभयोे ।

७० जना डिस्चार्ज भएसँगै प्रदेश १ बाट डिस्चार्ज हुनेको संख्या ३ सय ५५ पुगेको छ । प्रदेश १ मा आज मोरङमा १, सुनसरीमा २ र झापामा ४ जना गरी जम्मा ७ जना सङ्क्रमित थपिएका छन् । 

प्रदेश १ मा सङ्क्रमितको संख्या ५ सय ३ पुगेको छ ।

अन्तिम अपडेट: चैत ७, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया