नेपालमा कोरोनाबाट थप एकको मृत्यु, मृतकको सङ्ख्या २७ पुग्यो

 असार १२, २०७७ शुक्रबार १६:५९:४५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – नेपालमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको छ । 

दाङमा अचेत अवस्था भेटिएकी एक महिलाको उपचारको क्रममा राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानमा ज्यान गएको हो । राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको प्रयोगशालामा गरिएको परीक्षणमा ती महिलामा कोरोना सङ्क्रमण भेटिएको स्वास्थ्य मन्त्रालयले जनाएको छ । 

योसहित नेपालमा कोरोनाबाट ज्यान गुमाउनेको सङ्ख्या २७ पुगेको मन्त्रालयका प्रवक्ता डाक्टर जागेश्वर गौतमले जानकारी दिनुभयो ।

अन्तिम अपडेट: चैत १५, २०८०

तपाईको प्रतिक्रिया