भारत र दक्षिण–पूर्वी एसियामा चीनको खतराको कारण युरोपमा सेना कम गर्दैछौँ : पाेम्पियाे

 असार १२, २०७७ शुक्रबार १७:२४:४८ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ – अमेरिकी विदेश मन्त्री माइक पोम्पियोले भारत र दक्षिण–पूर्वी एसियामा चीनको खतराकाे कारण अमेरिकाले युरोपमा आफ्नो सेनाको सङ्ख्या कम गर्ने बताएका छन् । 

अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले पनि अमेरिकाले जर्मनीबाट आफ्नो सेनाको सङ्ख्यामा कटौती गर्न लागेको घोषणा गरेका थिए । राष्ट्रपति ट्रम्पको यो फैसलालाई लिएर युरोपेली युनियनले असहमति जनाएका थिए । 

ब्रसेल्स फोरममा पोम्पियोले चिनियाँ कम्युनिष्ट पार्टीको कारबाही भारत, भियतनाम, इण्डोनेसिया, मलेसिया, फिलिपिन्स र दक्षिण चीन सागरको लागि खतरा भएको बताएका हुन् । विदेश मन्त्री पोम्पियोले भने, ‘चीनको पिपल्स लिबरेशन पार्टीको सामना गर्न हामी तयार हुनुपर्छ । यो हाम्रो लागि चुनौती हो र हाम्रो तयारी पूरा भएको छ भनेर हामी सुनिश्चित हुनुपर्छ ।’

विदेश मन्त्री पोम्पियोले चीनबाट छिमेकी देशलाई खतरा रहेको र यस विषयमा अमेरिकाले नियालिरहेको बताए । उनले चीनको खतरालाई लिएर युरोपेली युनियनसँग पनि कुरा गर्ने बताए । 

अमेरिकी विदेश मन्त्री पोम्पियोले भारत–चीन सीमामा हिंसात्मक झडप, साउथ चाइना समुद्रमा चीनको नजरअन्दाज र कथित रुपमा अरुलाई क्षति पुर्याउने चीनको आर्थिक नीतिबारे खुलेर कुरा गरे । 

ट्रान्स–एटलान्टिक अलायन्सबाट चीनको खतरालाई लिएर के गर्ने भन्नेबारेमा सहयोग पुग्ने पोम्पियोले बताए । 

पोम्पियोले चीनको खतरालाई लिएर युरोपेली युनियन र अमेरिकाले मिलेर काम गर्नु पर्ने आवश्यकता रहेको बताए । साथै उनले चीनलाई लिएर युरोप सधैँ उदार रहने भन्दै आरोप लाग्ने गरेको बताए । 

चिनियाँ टेलिकम्युनिकेशन कम्पन हुवावे पनि चिनियाँ सर्भिलेन्स स्टेटको हिस्सा हो ? भनेर सोधिएको प्रश्नमा पोम्पियोले भने, ‘चीनको सुरक्षाकर्मी यो कम्पनीको मुख्यालयमा काम गर्छन् । चिनियाँ कानुन अनुसार डाटा मागेको अवस्थामा हुवावेले दिन सक्छ । चिनियाँ कम्युनिस्ट पार्टीले चाहेको अवस्थामा पनि यो कम्पनीले निजी डाटा पनि दिन सक्छ ।’

यसैबीच भारतका लागि चिनियाँ राजदूत सुन वेइडोङ्गले समाचार एजेन्सी पीटीआईलाई दिएको अन्तर्वार्तामा सीमामा देखिएको तनाव कम गर्ने जिम्मा भारतको रहेको बताए । उनले भारत र चीन आफूबीच देखिएको तनाव कम गर्न सक्षम भएको तर यसको दायित्व भारतको भएको बताएका हुन् । 

गएको जुन १५ तारिखको दिन गलवान उपत्यकामा दुई देशका सेनाबीच भएको झडपमा भारतका २० सैनिकको ज्यान गएको थियो । 

अन्तिम अपडेट: चैत १४, २०८०

तपाईको प्रतिक्रिया