भोजपुरमा आगलागीमा परेर बालिकाको ज्यान गयो

 असार १५, २०७७ सोमबार ८:५३:४७ | बुद्ध तामाङ
unn.prixa.net

प्रतिकात्मक तस्बिर

भोजपुर – भोजपुरको अरुण गाउँपालिका–३ प्याउलीमा आगलागीमा परेर एक बालिकाको ज्यान गएको छ ।

स्थानीय कर्णबहादुर कार्कीको घरमा आगलागी हुँदा उहाँकी ३ वर्षीया नातिनी विष्णुमायाको ज्यान गएको जिल्ला प्रहरी कार्यालय भोजपुरले जनाएको छ ।

हिजो भएको आगलागीमा गम्भीर घाइते भएकी बालिकालाई प्राथमिक स्वास्थ्य चौकी प्याउलीमा उपचारपछि थप उपचारका लागि विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको थियो । बाटोमा लैजाँदै गर्दा स्वास्थ्य अवस्था झन् बिग्रिएपछि तत्काल उपचारका लागि जिल्ला अस्पताल धनकुटा लगिएकोमा बालिकाको राति त्यहीँ ज्यान गएको प्रहरीको भनाइ छ ।

घरमा विद्युत सर्ट भइ आगलागी भएको प्रहरीले जनाएको छ । घरभित्र रहेका खाद्यान्न, नगद तथा लत्ता कपडा लगायत सम्पूर्ण समान जलेर नष्ट हुँदा करिब १७ लाख रुपैयाँ बराबरको क्षति भएको छ । 

प्रहरी र स्थानीयबासिन्दाको सहयोगमा आगो नियन्त्रणमा आएको थियो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया