घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा शिशुको शव फेला

 असार १६, २०७७ मंगलबार ९:११:५४ | विमल बिष्ट
unn.prixa.net

डोटी – डोटीको दिपायल सिलगढी नगरपालिका–३ दिपायलमा रहेको जिल्ला आयुर्वेद स्वास्थ्य केन्द्र नजिकै सेती नदीको किनारमा घाँटीमा डोरीले बाँधिएको अवस्थामा एक शिशुको शव भेटिएको छ ।

इलाका प्रहरी कार्यालय दिपायलका प्रमुख तथा प्रहरी नायब निरीक्षक रमेश शाहीले सालनाल सँगै भएको अवस्थामा शिशुको शव भेटिएको बताउनुभयो ।

‘घाँटीमा डोरीले बाँधेर हत्या गरेको अवस्थामा छोरी मान्छेको शव भेटिएको हो, कसले र किन हत्या गरे अनुसन्धान भइरहेको छ’ उहाँले भन्नुभयो ।

शिशु जन्मेको कम्तिमा पनि २२ देखि २५ घण्टा मात्र भएको हुनसक्ने अनुसन्धानमा संलग्न प्रहरीले जनाएका छन् ।

बेवारिसे अवस्थामा भेटिएको शिशुको शव पोस्टमार्टमका लागि जिल्ला अस्पताल डोटीमा राखिएको जिल्ला प्रहरी कार्यालय डोटीले जनाएको छ ।

अन्तिम अपडेट: चैत २, २०८०

विमल बिष्ट

विमल बिष्ट डोटीका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • Kishor pokhrel

    June 30, 2020, 10:54 a.m.

    यो हाम्रो समाजमा के भएको हो छोरी प्रति किन यति अनुदार भएको हो? छाती चिरा भयो मुटु बेदनाको भुमरिमा भुकम्पले चर्किए झै आँफै चर्कियो।

  •  0 Reply

तपाईको प्रतिक्रिया