मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि नयाँ उडान तालिका सार्वजनिक

 असार १६, २०७७ मंगलबार ११:५३:२७ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – मलेसियामा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि बुधबारदेखि विभिन्न एअरलाइन्सले ९ वटा उडान भर्ने भएका छन् । बुधबार जुलाई १ देखि जुलाई १० सम्मको नयाँ उडान तालिका सार्वजनिक भएको हो ।

८ दिनको अवधिमा नेपाली र विदेशी जहाजले ९ उडान भर्ने मलेसियामा रहेको नेपाली दूतावासले जनाएको छ । जुलाई २ मा नेपाल एअरलाइन्स र मलिण्दो एअरले, जुलाई ३ मा मलिण्दो एअरले, जुलाई ४ मा नेपाल एअरलाइन्सले, ६ मा हिमालयले, ७ मा नेपाल एअरलाइन्सले, ८ मा हिमालय एअरलाइन्सले र जुलाई ९ र १० मा पनि नेपाल एअरलाइन्सले नै उडान भर्ने तालिका दूतावासले सार्वजनिक गरेको छ ।

हिमालय एअरलाइन्स र नेपाल एअरलाइन्सले १५ सय ९० मलेसियन रिंगिट अर्थात ४५ हजार एक सय रुपैयाँ भाडादर तोकेको छ भने मलिण्दोले केही सस्तो १५ सय मलेसियन रिंगिट भाडा तोकेको छ ।

समस्यामा परेका, विभिन्न कारणले नेपाल फर्कनैपर्ने अवस्थामा रहेका नेपालीले स्वदेश फिर्तीका लागि दूतावासमा आफ्नो समस्यासहित आफ्नो विवरण टिपाउनुपर्छ । स्वदेश फर्कनेको साथमा चेकआउट मेमो या बिदामा फर्कने हो भने बिदाको कागज साथमा अनिवार्य रुपमा हुन पर्नेछ । सरकारले तोकेको मापदण्ड अनुसार नेपाल आइपुग्ने दिनले सात दिनभित्र कोरोना जाँच पनि गर्नुपर्छ ।

अन्तिम अपडेट: बैशाख २, २०८१

1 Comments

  • Surya kumar tamang

    June 30, 2020, 7:34 p.m.

    मेरो भिसा सकियकोले

  •  0 Reply

तपाईको प्रतिक्रिया