प्रदेश २ का केही ठाउँमा ठूलो पानी पर्ने सम्भावना

 असार १७, २०७७ बुधबार ७:३२:४२ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – आज प्रदेश नम्बर २ को केही ठाउँमा ठूलो पानी पर्ने मौसमविदले बताएका छन् ।

प्रदेश २ का केही ठाउँमा मेघ गर्जनसहित ठूलो पानी पर्ने सम्भावना रहेको मौसम पूर्वानुमान महाशाखाका मौसमविद् बरुण पौडेलले जानकारी दिनुभयो । मनसुन सक्रिय नै भए पनि आज र भोलि अरु ठाउँमा भने ठूलो पानी पर्ने सम्भावना नरहेको उहाँले बताउनुभयो ।

प्रदेश २ बाहेकका अरु ठाउँमा  सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना रहेको महाशाखाले जनाएको छ । पर्सिदेखि भने पानी पर्ने क्रम केही बढ्न सक्ने मौसमविद पौडेलले बताउनुभयो । आज दिउँसो काठमाण्डौ उपत्यकासहित अरु ठाउँमा छिनमै घाम लाग्ने, बादल लाग्ने र पानी पर्ने क्रम चलिरहने उहाँको भनाई छ ।

निरन्तर पानी परिरहेको बेलामा सानो पानीले पनि पहिरोको तथा बाढीको जोखिम हुने भएकाले सावधानी अपनाउन मौसमविदको आग्रह छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया