कांग्रेस सांसद छन्त्यालको निधन

 असार १७, २०७७ बुधबार १२:२९:१७ | रासस
unn.prixa.net

काठमाण्डाै – सांसद ज्ञानकुमारी छन्त्यालको उपचारका क्रममा काठमाण्डौमा निधन भएको छ ।

छन्त्यालको  आज बिहान निधन भएको नेपाली कांग्रेस बागलुङ क्षेत्र नं २ का सभापति द्रोण कुँवरले जानकारी दिनुभयो ।

लामो समयदेखि मुटु रोगबाट ग्रसित ६६ वर्षीया छन्त्याल  गङ्गालाल हृदयकेन्द्रमा करीब एक महिनादेखि उपचाररत हुनुहुन्थ्यो । कांग्रेसका तर्फबाट समानुपतिक सांसद उहाँ दोस्रो संविधानसभामा बागलुङ क्षेत्र नं ३ बाट निर्वाचित संविधानसभा सदस्यसमेत हुनुहुन्थ्यो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

तपाईको प्रतिक्रिया