ओमानबाट तेस्रो उडान असार २६ गते हुने, १८० जना प्राथमिकतामा

 असार १७, २०७७ बुधबार २०:०:३ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – ओमानमा समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि तेस्रो उडान असार २६ गते हुने भएको छ ।

समस्यामा परेर नेपाल फर्कनैपर्ने अवस्थामा रहेका र दूतावासको प्राथमिकतामा परेकालाई सलाम एअरमार्फत स्वदेश फकाईने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । यसअघि पनि नेपाल सरकारले तोकेको भाडादरभन्दा सस्तोमा ओमानबाट नेपाली स्वदेश फर्किसकेका छन् ।

फर्कनेको साथमा कोरोना जाँचको पीसीआर रिपोर्ट अनिवार्य गरिएको छ । यो उडानमार्फत स्वदेश फर्कन प्राथमिकतामा परेका १८० जना नेपालीको नाम दूतावासले सार्वजनिक गरेको छ । पीसीआर रिपोर्ट नेगेटिभ आएपछि प्राथमिकतामा परेकाले सलाम एअरको कलसेन्टरमा २४२७२२२२ मा फोन गरी टिकट काट्न सक्नेछन् । यो उडानमार्फत स्वदेश फर्कनेले ४ जुलाईमा नै कोरोना जाँच गराइसक्न दूतावासले अनुरोध गरेको छ ।

थप कुनै सहयोग चाहिएमा दूतावासमा ७१५९२४९० मा फोन गर्न सकिनेछ । नेपालीको स्वदेश फिर्तीका लागि चौथो उडानको तयारी पनि भइरहेकाले छिट्टै जानकारी दिने दूतावासले जनाएको छ ।

अन्तिम अपडेट: चैत ११, २०८०

तपाईको प्रतिक्रिया