प्रदेश १ र २ का केही ठाउँमा ठूलो वर्षा

 असार २०, २०७७ शनिबार ७:५२:१५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – अहिले प्रदेश १ र २ मा ठूलो पानी परिरहेको छ ।

मनसुन थप सक्रिय भएकाले आज गण्डकी र प्रदेश ५ मा पनि ठूलो पानी पर्ने सम्भावना रहेको मौसमविद् समिर श्रेष्ठले बताउनुभयो । दिउँसो यी ठाउँसँगै वाग्मती प्रदेशसहित अरु ठाउँमा दिनभर बादल लागेर सामान्यदेखि मध्यम खालको पानी पर्ने सम्भावना छ ।

काठमाण्डौ उपत्यकामा आज दिउँसो हिजो अस्तिको जस्तो घाम नलाग्ने मौसमविद् श्रेष्ठले बताउनुभयो । भोलि र पर्सिको मौसम पनि यस्तै हुने अनुमान छ ।

यसैबीच ठूलो पानी पर्ने तराईका केही ठाउँमा डुबान र भिरालो ठाउँमा पहिरोको जोखिम हुने भएकाले सावधानी अपनाउन पनि मौसम पूर्वानुमान महाशाखाले अनुरोध गरेको छ ।

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया