खाेलाले बगाएर दुई जनाकाे ज्यान गयाे

 असार २१, २०७७ आइतबार १६:१७:५९ | सुमन तिमल्सिना
unn.prixa.net

प्रतिकात्मक तस्बिर

मोरङ – झापा र मोरङका दुई ठाउँमा खोलाले बगाएर दुई जनाको ज्यान गएको छ । 

झापाको कमल गाउँपालिका ५ का ३५ वर्षीय पुष्प राईको खोलाले बगाएर ज्यान गएको हो । ​चाजु खोला र रतुवा खोलाको दोभानमा बाढीले बगाएर ल्याएको दाउरा निकाल्ने क्रममा खोलाले बगाएर बेपत्ता भएका राईकाे शव खोलाको डिलमा भेटिएको इलाका प्रहरी कार्यालय दमकले जनाएको छ । 

यसैगरी मोरङको कटहरी गाउँपालिका ७ का प्रद्युम्न सरदारकाे ६ वर्षीया छोरी दीक्षा सरदारको जुडी खोलामा पौडी खेल्ने क्रममा खोलाले बगाएर ज्यान गएको प्रहरीले जनाएको छ ।  

करेन्ट लागेर दुई जनाकाे ज्यान गयाे

झापा र मोरङमा करेन्ट लागेर दुई जनाको ज्यान गएको छ ।  झापाको मेची नगरनगरपालिका १४ का २७ वर्षीय चक्रबहादुर भुजेलको करेन्ट लागेर ज्यान गएको हो । घरमा वायरिङका तारहरु सङ्कलन गर्ने क्रममा अचानक करेन्ट लागेर घाइते हुनुभएका भुजेललाई झापाको बी.एण्ड.सी. अस्पताल पठाइएकोमा उपचारको क्रममा ज्यान गएकाे इलाका प्रहरी कार्यालय धुलाबारीले जनाएको छ । 

यसैगरी मोरङको रतुवामाई नगरपालिका ९ का ३२ वर्षीय खेमबहादुर भुजेलको करेन्ट लागेर ज्यान गएको प्रहरीले जनाएको छ । बिजुलीको पोलमा रहेको वाइफाईको तारलाई बाँसले मिलाउने क्रममा अचानक करेन्ट लागेर ज्यान गएको इलाका प्रहरी कार्यालय उर्लाबारीले जनाएको छ । 

त्यही घटनामा घाइते हुनुभएकी भुजेलकी श्रीमती ३० वर्षीया कला भुजेलको नोबाेल अस्पताल विराटनगरमा उपचार भइरहेको छ । 

अन्तिम अपडेट: चैत २९, २०८०

सुमन तिमल्सिना

सुमन तिमल्सिना मोरङका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया