बैंकको प्रणाली ह्याक गरेर ४ करोड ८८ लाख रुपैयाँ लुट्ने पक्राउ

 असार २१, २०७७ आइतबार १६:१५:४४ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डाै – कृषि विकास बैंकको प्रणालीमा प्रवेश गरेर झण्डै पाँच करोड रुपैयाँ ठगी गर्ने धादिङको रुबी भ्यालीका सौजन तामाङ पक्राउ परेका छन् । प्रहरीले उनलाई शनिबार बेलुका ललितपुरको जावलाखेलबाट पक्राउ गरेको हो ।

तामाङले २०७६ सालको असोजमा कृषि विकास बैंकको मुख्य कार्यालय र न्युरोड शाखाको प्रणालीमा पहुँच राखेर विभिन्न व्यक्तिको खातामा रहेका पैसा अरुकै खातामा राखिदिएको र चार करोड ८८ लाख ४६ हजार रुपैयाँ नोक्सानी पुर्‍याएको प्रहरीले जनाएको छ । त्यही कसुरमा श्रवण श्रेष्ठ, सुनिता श्रेष्ठ र शुभशंकर पञ्जालाई प्रहरीले २०७६ सालमै पक्राउ गरिसकेको छ ।

हिजो पक्राउ परेका सौजन तामाङलाई जिल्ला अदालत काठमाण्डौमा उपस्थित गराइएको महानगरीय प्रहरी परिसर काठमाण्डौले जनाएको छ । 

अन्तिम अपडेट: चैत ३०, २०८०

तपाईको प्रतिक्रिया