विद्युतकाे पाेल झार्ने क्रममा मजदुरको ज्यान गयो

 असार २१, २०७७ आइतबार १७:४७:३१ | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम – विद्युतकाे पाेल ट्रकबाट झार्ने क्रममा एक मजदुरको ज्यान गएको छ ।

खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय रुकुम पश्चिमका विद्युतकाे पाेल गाडीबाट झार्ने क्रममा मुसिकोट नगरपालिका १ सल्लेमा नगरपालिका ५ सेरीगाउँका ६२ वर्षीय गोपाल खड्काको ज्यान गएको हो ।

हेटौँडाबाट आएको ना ८ ख ३८३९ नम्बरको मालवाहक ट्रकबाट पोल झार्ने क्रममा टाउकोमा लाग्दा खड्काको ज्यान गएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रहरी निरीक्षक (इन्सपेक्टर) हरिबहादुर ओलीले बताउनुभयो । पाेलले लागेर गम्भीर घाइते हुनुभएका खड्काकाे उपचारको लागि जिल्ला अस्पताल सल्लेमा ज्यान गएको प्रहरी निरीक्षक ओलीले जानकारी दिनुभयाे । 

विभिन्न पालिकालाई वितरणको लागि ल्याइएकाे पोल स्टोरमा राख्नकाे लागि झारिँदै थियो ।

अन्य पाँच जना साथीहरुसँगै पोल गाडीबाट झार्ने क्रममा उछिट्टिएर खड्काकाे टाउकोमा लागेको खानेपानी सिँचाइ तथा ऊर्जा विकास कार्यालय रुकुम पश्चिमका प्रमुख तेजनारायण महतोले बताउनुभयो ।

मृतककाे शव पाेस्टमार्टमको लागि जिल्ला अस्पताल सल्लेमा राखिएको छ । 

अन्तिम अपडेट: बैशाख ३, २०८१

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया