चीनमा ‘ब्ल्याक डेथ’ भनिने ब्युबोनिक प्लेगको खतरा

 असार २२, २०७७ सोमबार ११:५८:२५ | एजेन्सी
unn.prixa.net

काठमाण्डौ –  विश्व कोरोना महामारीसँग जुधिरहेको बेला चीनमा अर्को महामारी निम्त्याउने रोग ‘ब्युबोनिक प्लेग’को खतरा बढेको छ ।

उत्तरी चीनको एक अस्पतालमा ब्युबोनिक प्लेग देखिएपछि त्यस क्षेत्रमा सतर्कता अपनाइएको छ ।  चीनको आन्तरिक मंगोलियाई स्वायत्त क्षेत्र, बयन्नुरमा प्लेगको रोकथाम तथा नियन्त्रणको लागि तेस्रो चरणको चेतवानी समेत जारी गरिसकेको छ ।

बयन्नुरको एक अस्पतालमा ब्युबोनिक प्लेगको यो घटना गएको शनिबार देखिएको हो ।  स्थानीय स्वास्थ्य विभागले २०२० को अन्त्यसम्मको लागि यसको खतरा रहेको भन्दै त्यहाँका नागरिकलाई सतर्क रहन आग्रह गरेको छ । 

 

यो रोग जंगली मुसामा पाइने एक प्रकारको ब्याक्टेरियाबाट सर्छ । यो रोगले विश्वमा पहिले विभिन्न समयमा गरी तीन पटक ठूलो महामारीको रुप लिइसकेको छ । 

पहिलोपटक पाँच करोड मानिसको ज्यान लिएको यस रोगले दोस्रो पटक युरोप महादेशको एक तिहाई जनसङ्ख्या नै सखाप पारेको थियो । तेस्रो पटक ८० हजार मानिसको ज्यान लिएको थियो ।

अन्तिम अपडेट: मंसिर ५, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया