‘विदेशबाट फर्कनेलाई प्रदेशस्तरमा सीप र रोजगारी दिन्छौं’

 असार २२, २०७७ सोमबार १८:१२:२४ | जीवन घिमिरे
unn.prixa.net

कोरोनाका कारणबाट विश्व नै संकटमा छ । वैदेशिक रोजगारीमा गएका नेपालीहरु पनि यसको मारमा परेका छन् । त्यसमध्ये ठूलो हिस्सा आज स्वदेश फर्किने तरखरमा छ र आउने क्रम सुरु पनि भइसकेको छ । आउनेहरुलाई सरकारले मूलतः काठमाण्डौमा ओर्लनेबित्तिकै प्रदेश सरकारको छुट्टै टिमले रिसिभ गर्छ ।

रिसिभ गरेर उहाँहरुलाई होल्डिङ एरियामा लगिन्छ । होल्डिङ एरियामा गइसकेपछि उहाँहरुको सम्पूर्ण वैयक्तिक विवरण संकलन हुन्छ । त्यो विवरणबाट उहाँको रुची, गर्दै आएको कामको अनुभव, योग्यता, नेपालमा आएपछि गर्ने काम या फर्किने जस्ता सम्पूर्ण विषयको जानकारी र सूचना संकलन हुन्छ । त्यसपछि उहाँलाई गाडीमा हालेर प्रदेश ल्याइन्छ । परदेशको इनरुवा र चतरामा गरी दुईओटा होल्डिङ एरिया छन् । चतरा या इनरुवामा उहाँहरुलाई ल्याइन्छ र  सम्बन्धित पालिकाका जनप्रतिनिधिहरुलाई खबर गरिन्छ । 

सम्बन्धित पालिकाले आएर उहाँहरुलाई लिएर जान्छ । आफ्नै गाउँको क्वरेण्टीनमा राख्ने व्यवस्था गरिन्छ । १४ दिनको क्वरेण्टीनपछि स्वास्थ्य परीक्षणपछि उहाँहरु घर जानुहुन्छ ।

रोजगारीमा जोड्छौं, सीप पनि दिन्छौं

विदेशबाट आएका नेपालीहरुको सूचना संकलन गरेका छौं, यी सबै कुराको हामी विश्लेषण गर्नेछौं । विश्लेषणको आधारमा कसलाई कस्तो किसिमको सीप विकास गर्नुपर्ने, कसलाई कस्तो प्रकारको आर्थिक सपोर्ट गर्नुपर्ने, यी समग्र कुराहरुको अध्ययन गरेर उहाँहरुको रुची र क्षमता, आर्थिक हैसियत, उहाँहरुको भौगोलिक सामाजिक बनोटसमेतलाई मध्यनजर राखेर हामी कार्यक्रमको डिजाइन गर्ने गरी तयारी गरिरहेका छौं ।

सम्बन्धित पालिकाले आएर उहाँहरुलाई लिएर जान्छ । आफ्नै गाउँको क्वरेण्टीनमा राख्ने व्यवस्था गरिन्छ । १४ दिनको क्वरेण्टीनपछि स्वास्थ्य परीक्षणपछि उहाँहरु घर जानुहुन्छ ।

हामीले पहिलो कुरा त उहाँहरुसँग के सीप छ्, योग्यता के हो र अब नेपाल आएर के गर्नुहुन्छ भन्ने कुराको जानकारी लिएर मात्र हामीले के गर्न सक्छौं भन्ने कुराको निक्र्यौलमा पुग्न सक्छौं । यही आधारमा हामीले तथ्याँक संकलन पनि गरिरहेका छौं ।

त्यो तथ्याँकलाई हामी केही दिनभित्र विश्लेषण गर्छौं र त्यसको आधारमा हामीले कार्यक्रम तोक्छौं । र कार्यक्रमको निम्ति हामीले यथोचित बजेटको प्रबन्ध गरेका छौं । प्रदेश सरकारको तर्फबाट सात करोडको बजेट राखेका छौं, सीटीईभीटीकोतर्फबाट पनि १५ करोडभन्दा माथिको बजेटको प्रबन्ध गरेका छौं ।

त्यो बजेटको माध्यमबाट विदेशबाट फर्कनेको क्षमताको विकास गर्ने र उहाँहरुलाई व्यवसाय गर्नको लागि योग्य बनाउने उदेश्यबाट अगाडि बढेका छौं र यी समग्र कार्यक्रमको डिजाइन तथ्याँक विश्लेषण पछि गर्छौं । 

अध्ययन गर्न टिम बनाएका छौं

अहिले एउटा टिम हामीले बनाइसकेका छौं । खासगरी अलि पढेलेखेका युवाहरुलाई आईटीको माध्यमबाट रोजगारी कसरी प्रवद्र्धन गर्न सकिन्छ भन्ने कुराको अध्ययनको लागि पूर्वाञ्चल विश्वविद्यालयका डिन डा. विजय थपलियाको नेतृत्वमा एउटा विज्ञ समूह पनि बनाएका छौं । त्यसले समग्र कुराको अध्ययन गर्दै हामीलाई प्रतिवेदन दिने तयारी गरिरहेको छ ।

हामी घरमै बसीबसी कम्प्युटरको माध्यमबाट रोजगारी सिर्जना गर्ने उपायको खोजी गर्नको लागि त्यो विज्ञ समूह बनाएका हौं ।

हामी घरमै बसीबसी कम्प्युटरको माध्यमबाट रोजगारी सिर्जना गर्ने उपायको खोजी गर्नको लागि त्यो विज्ञ समूह बनाएका हौं । त्यसले हामीलाई विश्वास दिलाएको छ । घरमै बसेर  देश विदेशको कार्यसम्पादन गर्न सकिन्छ, हामी त्यस खालको जनशक्ति निर्माण गर्न सक्छौं भन्ने उहाँको सुझाव छ र त्यसको प्रवन्धको लागि हामीले छुट्टै संयन्त्र बनाएका छौं ।

अहिले हामीसँग आउने कति हो भन्ने कुरा यकिन भइसकेको छैन । अहिले भर्खर आउने क्रम सुरु भएको छ । त्यस कारणले जनशक्ति यस्तो छ, त्यसको कामको माग यस्तो छ र पूर्ति यसरी गर्नुपर्छ भन्ने निश्कर्षमा हामी पुगिसकेका छैनौं । केही दिनमा यो कुराको निक्र्यौल हुन्छ ।

विदेशबाट फर्कंनेलाई अवसरको रुपमा लिनेछौं

​तत्काललाई वैदेशिक रोजगारीमा गएका ३० हजार युवा फर्किने मोटो अनुमान हामीले गरिरहेका छौं । हामीले यसलाई चुनौतीको रुपमा मात्र बुझ्नु हँुदैन । यो एउटा अवसर पनि हो । आज हाम्रो खेतबारी बाँझै छन्, उर्बर भूमिहरु जंगलमा परिणत भएका छन् र बाँदरको बासस्थान बढेको छ ।

अब यो श्रमशक्ति फर्किंदा हाम्रा घर आँगन उर्बर हुने र बाँझा भएका खेतबारी उर्बर हुने समय हो । यस अर्थमा वैदेशिक रोजगारीमा गएकाहरु फर्किए भनेर समस्या होला भनेर समस्याको रुपमा बुझ्ने होइन । 

अब यो श्रमशक्ति फर्किंदा हाम्रा घर आँगन उर्बर हुने र बाँझा भएका खेतबारी उर्बर हुने समय हो । यस अर्थमा वैदेशिक रोजगारीमा गएकाहरु फर्किए भनेर समस्या होला भनेर समस्याको रुपमा बुझ्ने होइन । 

यो हामीहरु अतिरिक्त जनशक्ति पाउँदैछौं । विदेमा गएर अनुभव गरेर, दुःख सुख भोगेको जनशक्ति हाम्रो हातमा आउँदैछ र यसलाई हामीले सही ढंगले सदुपयोग गर्न सक्यौं भने देश समृद्ध हुन्छ भन्ने कुरा हामीले बुझ्नुपर्छ ।

नीतिगत रुपमा त्यस्तो धेरै अस्पष्टता छैन । प्रदेश सरकारको नीति कार्यक्रममा पनि यो कुरा उल्लेख भएको छ । बजेटले पनि यसलाई सम्बोधन गरेको छ, त्यसो हँुदा हामीलाई मार्ग प्रशस्त छ । रोजगारी प्रवद्र्धनका लागि प्रदेश सरकारको तर्फबाट सातदेखि दश करोडको बजेट छ भने सीप विकास तालिमका लागि सीटीईभीटीमार्फत १५ करोड भन्दा माथि बजेट तोकेका छौं ।

रोजगारीको क्षेत्र पहिचान गर्दैछौं

अहिले हामीले रोजगारीको क्षेत्रको पहिचान गरिरहेका छौं । जस्तो मैलै अगाडि भनें, कम्प्युटरको प्रविधिबाट या प्रविधिको प्रयोग गरेर कतिलाई रोजगारी दिन सकिन्छ भन्ने खोजीमा छौं । यस्तै यो वर्ष रोजगारीको प्राथमिकता कृषि बन्नुपर्छ र अबको हाम्रो सम्पूर्ण श्रमशक्ति कृषि केन्द्रित गर्नुपर्छ भन्ने किसिमले हामी तयारी गरिरहेका छौं । 

यस प्रदेशमा औद्योगिक क्षेत्रसमेत भएको हुनाले उद्योगमा चाहिने जनशक्ति उत्पादन गर्ने र अहिले पनि हाम्रा उद्योगमा भएको विदेशी जनशक्तिको ठाउँमा स्वदेशी जनशक्तिलाई कसरी स्थापित गर्न सकिन्छ भन्ने विषयमा पनि हामीले अध्ययन गरिरहेका छौं ।

नेपालमै पहिलो पटक प्रादेशिक प्राविधिक विश्वविद्यालयको स्थापना पनि हामीले गरेका छौं । जुन मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनमा पनि आइसकेको छ । यसै वर्षदेखि पठनपाठन गर्ने तयारी गरिरहेका छौंं ।

हामीसँग रेमिट्यान्स धेरै आइरहेको छ, वैदेशिक रोजगारीबाट धेरै आम्दानी भइरहेको छ भन्ने लागेको छ । तर सत्य त्यस्तो मात्र छैन । हाम्रो रेमिट्यान्स गइरहेको पनि छ । धेरै दक्ष प्राविधिक, अदक्ष, अर्धदक्ष श्रमशक्तिसमेत विदेशबाट आएर काम गरिरहेको अवस्था पनि छ । अहिले ती धेरै भारतबाट आएका जनशक्ति गइरहेको तथा जाने क्रम पनि द्रूत गतिमा बढिरहेकाले त्यसलाई प्रतिस्थापन गर्नेतर्फ पनि हामीले ध्यान दिनुपर्छ ।

पहिलो त मान्छेले के काम गर्ने भन्ने कुरा व्यक्तिको रुचीमा भर पर्छ । समयको माग र आवश्यकता पनि दोस्रो कुरा हो । त्यसो भएकाले व्यक्तिको रुची र योग्यतामा आधारित काम सिर्जना गर्ने कोशिस हामीले गर्नुपर्छ ।
त्यसको लागि हामीले प्राविधिक जनशक्ति उत्पादन गर्ने कुरालाई प्राथमिकतामा राखेका छौं । यो दीर्घकालीन योजना हो ।

यसको परिणाम आउन केही समय लाग्न सक्छ । नेपालमै पहिलो पटक प्रादेशिक प्राविधिक विश्वविद्यालयको स्थापना पनि हामीले गरेका छौं । जुन मनमोहन प्राविधिक विश्वविद्यालय सञ्चालनमा पनि आइसकेको छ । यसै वर्षदेखि पठनपाठन गर्ने तयारी गरिरहेका छौंं ।

यसै वर्ष त्योभन्दा तल मध्यम तहको जनशक्ति उत्पादन गर्ने काममा समेत प्रदेश सरकारले उच्च प्राथमिकतामा राखेको छ । भएको जनशक्तिलाई रोजगारी प्रवद्र्धन गर्नको लागि विभिन्न खालको स्वरोजगारका परिकल्पनाहरु पनि गरिरहेका छौं । यस्तै युवाहरुको लागि छुट्टै स्किम बैंकको तयारी गर्दैंछौं । 

बेरोजगारको तथ्याँक लिन्छौं

यसैगरी बेरोजगार युवाहरुको सूचना संकलन डेस्क पनि स्थापना हुँदैछ ।  प्रदेश १ मा कहाँ कहाँ, कस्तो कस्तो प्रकृतिका बेरोजगार छन् र तिनलाई कहाँ म्याच गर्न सकिन्छ भनेर व्यवसायी र बेरोजगारको बीचमा मिलन गराउने र एकअर्काका आवश्यकताको पहिचान गर्ने गराउने संयन्त्र समेत हामीले बनाउँदैछौं ।

स्वरोजगार हुन चाहनेको लागि स्किम बैंक बनाउँदैछौं । विज्ञहरुको समूह हुनेछ, त्यो विज्ञ समूहले पाँच लाख भयो भने के गर्न सकिन्छ, दश लाख, एक लाख रुपैयाँ भयो भने के गर्न सकिन्छ  र कहाँकहाँ के के काम गर्न सकिन्छ यस्ता विभिन्न स्किमहरु त्यार गर्छौं र युवाहरुलाई त्यो वितरण गर्छौं । 


(मन्त्री घिमिरेसँग कार्यक्रम देश परदेशका लागि मोरङ सहकर्मी सुमन तिमिल्सिनाले गर्नुभएको कुराकानीमा आधारित ।)

अन्तिम अपडेट: साउन ६, २०७७

जीवन घिमिरे

घिमिरे प्रदेश १ का सामाजिक विकास मन्त्री हुनुहुन्छ ।

तपाईको प्रतिक्रिया