संखुवासभा पहिरो : ११ जना बेपत्ता, तीन जनाको उद्धार

 असार २८, २०७७ आइतबार १०:१९:१ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभाको सिलिचोङ गाउँपालिका–१ मा पहिरोमा परि ११ जना बेपत्ता भएका छन् । पुरिएका ३ जनाको उद्धार गरिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणि घिमिरेले बताउनुभयो ।

उहाँका अनुसार सिसुवाखोला बेसिन्दामा ८ घर बगेका छन् । सिलिचोङ गाउँपालिका–१ का गेदासिंह कुलुङ, जुद्धबहादुर कुलुङ, सन्दिप कुलुङ, रामधन कुलुङ र भीमबहादुर कुलुङ लगायतको घर पहिरोले बगाएको हो ।

उद्धारको लागि ताम्कु र सिसुवाटारमा रहेको चौकीबाट नेपाल प्रहरी र ताम्कुमा रहेको नेपाली सेनाको टोली घटनास्थलतर्फ लागेको छ ।

सदरमुकाम खाँदबारीबाट नेपाल प्रहरी, सशस्त्र प्रहरी र नेपाली सेनाको गरी ६० जनाको टोली खटिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख १३, २०८१

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया