संखुवासभा पहिरो अपडेट : खाँदबारीबाट हिँडेको उद्धार टोली अझै घटनास्थल पुग्न सकेन

 असार २९, २०७७ सोमबार ९:३२:४६ | नवीन गुरुङ
unn.prixa.net

संखुवासभा – संखुवासभाको सिलिचोङ गाउँपालिका–१ बेसिन्दा गाउँमा आइतबार बिहान गएको पहिरोमा परेकाहरुको उद्धारको लागि सदरमुकाम खाँदबारीबाट गएको टोली घटनास्थल पुग्न सकेको छैन।

सदरमुकाम खाँदबारीबाट पैदल हिँडेर एकदिन लाग्ने विकट सिलिचोङ गाउँपालिकासम्म यातायातको सुविधा छैन ।  ६० जनाको टोली आज सोमबार दिउँसो मात्रै घटनास्थल पुग्ने नेपाली सेनाको बराह दल खाँदबारीका गुल्मपति सुमन श्रेष्ठले जानकारी दिनुभयो । 

दिनभर अविरल वर्षाका कारण बाटोका विभिन्न ठाउँहरुमा सानातिना पहिरोहरु झरेको र घटनास्थल समेत टाढा रहेकाले आज दिउँसो मात्रै पुग्ने गुल्मपति श्रेष्ठको भनाइ छ । 

आइतबार दिउँसो १ बजेतिर ताम्कुमा रहेको सेनाको टोली, सिसुवा र ताम्कुमा रहेको प्रहरीको टोली घटनास्थल पुगेका थिए । तर उनीहरु समेत अविरल वर्षाका कारण उद्धारमा खटिन सकेका छैनन् । घटनास्थलमा सिलिचोङ गाउँपालिका स्वास्थ्य शाखा प्रमुख दीपेन्द्र राईको नेतृत्वमा टोली खटिएको छ । 

त्यसैगरी सिलिचोङ गाउँपालिका–१ सिसुवाखोलाको बेसिन्दामा पहिरोको उच्च जोखिम भएका ७३ घरका मानिसलाई सुरक्षित स्थानमा सारिएको जिल्ला प्रशासन कार्यालय संखुवासभाका सहायक प्रमुख जिल्ला अधिकारी मोहनमणी घिमिरेले बताउनुभयो ।

७३ घरका ३ सय ५० जनाभन्दा बढीलाई सिसुवा नजिकैको चित्रेमा सारिएको छ । आइतबार बेसिन्दामा गएको पहिरोले ९ घर बगाएको छ भने अहिलेसम्म ११ जना बेपत्ता छन् । ४ जनाको जीवितै उद्धार गरिएको छ ।

स्थानीयबासिन्दा र प्रहरी बेपत्ताको खोजी कार्यमा खटिएका छन् ।

अन्तिम अपडेट: मंसिर ७, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया