रवि लामिछानेसहित पाँच जनाको जिल्ला अदालत कास्कीमा बयान
पुस ८, २०८१ सोमबार
बझाङ – ६ वर्षीय बालकको कानमा लगाएका मुन्द्रा चोरी गरेको आरोपमा प्रहरीले एकजनालाई प्रक्राउ गरेको छ ।
सुर्मा गाउँपालिका वडा नम्बर ४ का ओमजंगबहादुर बोहराका ६ वर्षीय छोरा अभि भनिने अभय बोहराको कानमा लगाएको मुन्द्रा चोरी गर्ने जयपृथ्वी नगरपालिका १० का १५ वर्षीय कुबेर रसाइलीलाई प्रहरीले प्रक्राउ गरेको हो ।
गएको बिहीबार घर नजिकै खेली रहेको अवस्थामा ६ वर्षीय बालकलाई फकाएर रसाइलीले बालकले कानमा लगाएको मुन्द्रा चोरी गरेको उजुरीका आधारमा उनलाई पक्राउ गरिएको प्रहरीले जनाएको छ ।
घरमा बालकको मुन्द्रा हराएको थाहा भएपछि खोजी गर्दै जाँदा ६ वर्षीय बालक अभयका बाजे ललित बोहराले रसाइलीलाई प्रक्राउ गरी प्रहरीको जिम्मा लगाएको वडा प्रहरी कार्यलयका इन्चार्ज केशव सिंह थापाले बताउनुभयो ।
६ वर्षका बालक अभय बोहराले आफ्नो कानको मुन्द्रा चोरी गर्ने व्यक्ती यही हो भने पछि अभयका बाजे ललित बोहराले उनलाई प्रक्राउ गरी प्रहरीको जिम्मा लगाएका थिए ।
आफूले बालकको कानमा लगाएका सुनका मुन्द्रा चोरी गरेको रसाइलीले स्वीकार गरेको प्रहरीले जनाएको छ । रसाइलीले एक मुन्द्रा सदरमुकाम चैनपुरकै व्यापारीसँग २ हजार ५ सयमा बिक्री गरेको र एक मुन्द्रा धनगढीको एक जनासँग बिक्री गरेको बताएका छन् ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।