चीनमा खुल्न थाल्याे सिनेमाघर, कुल क्षमताकाे ३० प्रतिशत मात्रै दर्शक राख्न पाउने

 साउन ५, २०७७ सोमबार १८:३४:५५ | एजेन्सी
unn.prixa.net

काठमाण्डाै – चीनमा झण्डै ६ महिनापछि सिनेमाघर फेरि खुल्न थालेका छन् । कोरोना भाइरस सङ्क्रमण फैलनबाट रोक्न गरिएको लकडाउनबाट पहिलेको अवस्थामा फर्कने क्रममा चीनले सिनेमाघर पनि खुला गरेको बीबीसीले जनाएको छ ।

चिनियाँ चलचित्र प्रशासनले कम जोखिम भएका ठाउँहरुमा सिनेमाघर खोल्न अनुमति दिएको हो । चीनका धेरैजसो ठाउँलाई कम जोखिम भएका क्षेत्रका रूपमा वर्गीकरण गरिएका कारण देशभरिका सबै सिनेमाघर खुल्ने छन् ।

गएको जनवरी महिनामा सुरु भएको लकडाउनले चीनका सिनेमाघर नराम्ररी प्रभावित भएका र केही स्थायीरूपमा नै बन्द भइसकेका छन् । खुल्ने सिनेमाघरले कुल क्षमताको ३० प्रतिशतमात्रै दर्शक राख्नुपर्ने र पहिले देखाउने गरेको भन्दा आधा सङ्ख्यामा मात्रै चलचित्र देखाउन पाइने कडा नियम पालना गर्नु पर्नेछ ।

दर्शकको शरीरको तापक्रम नापिने छ र दर्शक र सिनेमाघरका कर्मचारी सबैले अनिवार्य मास्क लगाउनु पर्नेछ । नयाँ सुरक्षा नियममा सिनेमाघरमा खानेकुरा र पेय पदार्थ बेच्न पाइने छैन ।

सन् २०१९ मा चीनको चलचित्रको बजार नौ अर्ब डलरभन्दा बढी रहेको थियो । चीनभरि ६ सयभन्दा बढी सिनेमाघर रहेका छन् ।

कोरोना भाइरसको सङ्क्रमण फैलिन सुरु भएकाे चीनमा ८३ हजार ६ सय ८२ जनामा कोरोना भाइरसकाे सङ्क्रमण भएकोमा चार हजार ६ सय ३४ जनाको ज्यान गएको छ । ७८ हजार सात सय ९९ जना उपचारपछि निको भएका छन् र अहिले दुई सय ४९ जना सक्रिय सङ्क्रमित रहेका छन् । 

अन्तिम अपडेट: असोज २, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया