केरुङ च्छो पोखरीमा पानी घट्यो : भोटेकोशीमा बाढीको खतरा कम, सतर्कता जरुरी

 साउन ६, २०७७ मंगलबार १८:४३:० | उज्यालो सहकर्मी
unn.prixa.net

सिन्धुपाल्चाेक – चीनको खासामा रहेको केरुङ च्छो पोखरीको पानी एक मिटर घटेको छ ।

पोखरीमा पानीको सतह घटेसँगै भोटेकोशीमा अकस्मात ठूलो बाढी आउने खतरा पनि घटेको तर सतर्कता भने जरुरी रहेको जिल्ला प्रशासन कार्यालय सिन्धुपाल्चोककी प्रशासकीय अधिकृत सुनिता पहरीले जानकारी दिनुभयो ।

मङ्गलबार चीनका दोभासेले पोखरीको पानी एक मिटर घटेको जानकारी गराएका थिए । तर पनि बाढीको जोखिम कायमै रहेकाले पालिकालाई भोटेकोशी नदी किनारमा सतर्कता अपनाउन, पूर्वतयारी गर्न र सर्वसाधारणलाई सूचित गरिरहन जिप्रका सिन्धुपाल्चोकले अनुरोध गरको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया