बर्दिया : सङ्क्रमितको कन्ट्याक ट्रेसिङमा परेका ८६ जनाकाे पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ

 साउन ६, २०७७ मंगलबार २१:१७:७ | भावुक योगी
unn.prixa.net

बर्दिया –  ठाकुरबाबा नगरपालिकामा एकैदिन १० जनामा कोरोना पोजेटिभ पुष्टि भएसँगै उनीहरुको कन्ट्याक ट्रेसिङमा परेकाहरुको पीसीआर परीक्षण रिपोर्ट नेगेटिभ आएको छ । 

नगरपालिकाका स्वास्थ्यकर्मी, सुरक्षाकर्मी र कर्मचारी गरी गएकाे शनिबार बेलुका १० जनाको पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै नगरप्रमुखसहितका जनप्रतिनिधि, कर्मचारी, स्वास्थ्यकर्मी र सुरक्षाकर्मी गरी ८६ जनाको पीसीआर परिक्षण गरिएको थियो ।

शनिबार बेलुका पीसीआर रिपोर्ट पोजेटिभ आएसँगै तीन दिनका लागि सम्पूर्ण सेवा बन्द गरिएकाेमा नगरपालिका कार्यालय र वडाका सम्पूर्ण कामकाज बुधबारदेखि नियमित सुरु हुने नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत रामहरि रिजालले जानकारी दिनुभयो ।

यस्तै कन्ट्याक ट्रेसिङमा रहेका थप जनप्रतिनिधि र सञ्चारकर्मी गरी ४० जनाको बुधबार बिहान पीसीआर परीक्षण हुने नगरपालिकाले जनाएको छ ।
 

अन्तिम अपडेट: चैत ३, २०८०

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया