भेनेजुएलाका राष्ट्रपतिलाई लक्षित गरेर ड्रोन आक्रमण

 साउन २०, २०७५ आइतबार १३:४४:४९ | एजेन्सी
unn.prixa.net

भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोलाई लक्षित गरि शनिबार ड्रोन आक्रमण भएको छ । सेनाले आयोजना गरेको परेड कार्यक्रममा मन्तव्य व्यक्त गरिरहेको समयमा उनलाई लक्षित गर्दै आक्रमण भएको थियो । 

सरकारले उक्त आक्रमणबाट राष्ट्रपति जोगिएकाे बताएकाे छ । आक्रमणमा परी सात जना सैन्य अधिकारीहरु घाइते भएको जनाएको छ । भेनेजुएलाका सञ्चार मन्त्री जर्ज रोड्रिगेजले भने “यो राष्ट्रपति निकोलस मडुरो विरुद्धको आक्रमण हो,”। 

घटना हुँदा उक्त सैनिक कार्यक्रमको एक टेलिभिजनले प्रत्यक्ष प्रसारण गरिरहेको थियो । 

राज्य–सञ्चालित टेलिभिजनले प्रशारण गरेको दृश्यमा विस्फोटको ठूलो आवाज सुनिएपछि राष्ट्रपति मडुरो त्रसित हुनुभएको र सैनिकहरुले उहाँलाई घेरा हालेका थिए भने भाषण सुनिरहेका सैनिक टुकडी तितरबितर भएका थिए । 

सञ्चार मन्त्री जर्जका अनुसार, राष्ट्रपति बोलिरहनुभएको मञ्चको छेउमै विस्फोट भएको थियो, र यस्ता विस्फोट त्यहीँनजिक अरु पनि भएका थिए ।

 

यसैबीच राष्ट्रपति मडुरोले कोलम्बियाका राष्ट्रपति हुआँ म्यानुअल सान्तोसले सो आक्रमण गर्न लगाएको आरोप लगाएका छन् । 

आक्रमणपछि अहिले भेनेजुएलामा उच्च सुरक्षा सतर्कता अपनाइएको छ भने सुरक्षाकर्मीहरु व्यापक रुपमा परिचालन गरिएको छ । 

अन्तिम अपडेट: भदौ २९, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया