भैँसी बचाउन जाँदा पहिरोमा पुरिएर एकजनाको ज्यान गयो

 साउन ९, २०७७ शुक्रबार १०:२२:४६ | सिताराम अधिकारी
unn.prixa.net

धादिङ - धादिङको थाक्रे गाउँपालिका-६ रानीबारी कार्कीगाउँमा पहिरोले पुरिएर एकजनाको ज्यान गएको छ ।

बाँधिएको भैँसी फुकाउन जाँदा पहिरोले गोठ पुरेपछि ५४ वर्षीय सानुबाबु पन्थको ज्यान गएको जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक रुपक खड्काले जानकारी दिनुभयो।

उहाँकाअनुसार रातिको समयमा गोठमाथिबाट पहिरो झर्न लागेपछि भैँसी फुकाउन जाँदा गोठलाई पहिरोले थिचेको हो ।

 पहिरोले पुरेर एउटा भैँसी, एउटा बाख्रासमेत मरेको स्थानीय हरी थापाले बताउनुभएको छ । योसहित जिल्लाभर पहिरोबाट ज्यान गुमाउनेको संख्या ५ पुगेको छ ।

अन्तिम अपडेट: चैत ९, २०८०

सिताराम अधिकारी

धादिङका पत्रकार सिताराम अधिकारी उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया