उदयपुरमा भरुवा बन्दुक पड्किएर एकजनाको ज्यान गयो

 साउन १०, २०७७ शनिबार १३:२३:४३ | सुमित्रा कोइराला
unn.prixa.net

उदयपुर - उदयपुरको लिम्चुङबुङ गाउँपालिका-५ जातेमा भरुवा बन्दुक पड्किएर एकजनाको ज्यान गएको छ । 

आफ्नै घरमा भरेर राखेको बन्दुक पड्किँदा स्थानीय विद्याराज राईको घटनास्थलमै ज्यान गएको जिल्ला प्रहरी कार्यालय उदयपुरका प्रमुख भिमबहादुर दाहालले बताउनु भयो ।

घटनाबारे थप अनुसन्धान गर्न प्रहरी नायब उपरीक्षकको टोली घटनास्थलमा पुगेकाे प्रहरी उपरीक्षक दाहालले बताउनुभयो । 

 

     
    
 

अन्तिम अपडेट: बैशाख ४, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया