ग्लोबल आईएमई बैंकका ग्राहकलाई सिग्मा डायग्नोसिस ल्याबमा ४० प्रत...
मंसिर १९, २०८१ बुधबार
काठमाण्डाै – गुन्जी, कालापानी र लिम्पियाधुरा आफ्नो क्षेत्र दाबी गर्दै भारतले नेपाललाई पत्र पठाएको छ । भारतको धार्चुला प्रशासनले ती क्षेत्रमा नेपालीको अवैध प्रवेश भइरहेको र त्यसबारेमा जानकारी गराउन भन्दै जिल्ला प्रशासन कार्यलय दार्चुलालाई पत्र पठाएको हो ।
भारतले जुलाई १४ मा पठाएको पत्रमा विभिन्न नेपाली समूह अवैध रुपमा लुकीछिपी सीमा पार गरेर आउन चाहेकोले त्यसबारे जानकारी गराउन नेपाललाई भनेको छ । तर आफ्नो भूभागमा गएको बारे अर्को देशलाई जवाफ दिइरहन नपर्ने दार्चुलाका प्रमुख जिल्ला अधिकारी शरदकुमार पोखरेलले उज्यालोलाई बताउनुभयो ।
सुरक्षाका लागि व्यास गाउँपालिका १ गाँगामा २५ जना सुरक्षाकर्मीसहितको बीओपी स्थापना भएको र अरु ठाउँमा पनि स्थापनाको तयारी भएको उहाँले बताउनुभयो ।
उहाँका अनुसार तिङ्कर भञ्ज्याङमा बीओपी स्थापनाका लागि जग्गा पहिचान भएर टेण्डर प्रक्रिया सुरु भइसकेको छ भने माथिल्लो पौवामा जग्गा पहिचान गर्न सम्बन्धित पालिकालाई निर्देशन दिइएको छ ।
उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटर र यूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।