क्वरेण्टीनमा आत्महत्या गरेका पुरुषमा काेराेना पाेजेटिभ

 साउन १२, २०७७ सोमबार २०:३३:३५ | भावुक योगी
unn.prixa.net

बर्दिया – ठाकुरबाबा नगरपालिका ४ सैनवारमा क्वरेण्टीनमै आत्महत्या गरेका पुरुषकाे कोरोना परीक्षण रिपोर्ट पोजेटिभ आएको छ ।

१० दिनअघि भारतको राजस्थानबाट आएका उनी महेन्द्रनगर हुँदै ठाकुरबाबामा आफन्तको घरमा गएका थिए । आफन्तले क्वरेण्टीनमा बस्नु पर्ने भन्दै प्रहरीलाई खबर गरेपछि उनलाई प्रहरीले पाँच दिनअघि क्वरेण्टीनमा लगेको थियो ।

उनी मानसिक समस्याको बिरामी रहेको पनि प्रहरीले जनाएको छ । अहिले नेपाली सेनाको टोलीले उनको शव व्यवस्थापन गरिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ६, २०८१

भावुक योगी

बर्दियाका उज्यालो सहकर्मी भावुक योगी बर्दियाको रेडियो टाइगरमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया