रुकुम पश्चिममा पहिराेमा हराएका दुई जनाको शव भेटियो

 साउन १३, २०७७ मंगलबार ११:१५:४० | राजु लामिछाने
unn.prixa.net

रुकुम पश्चिम - रुकुम पश्चिममा पहिरोले घर बगाउँदा हराएका दुई जनाको शव भेटिएको छ । 

बाँफिकोट गाउँपालिका वडा नम्बर ९ स्यालामा बिहान पहिरोले हस्तबहादुर सुनारको घर भत्काउँदा बेपत्ता भएका २२ वर्षका नविन सुनार र १६ वर्षका बलबहादुर सुनारको शव भेटिएको प्रहरीले जनाएको छ । 

राति एउटै घरमा सुतेका ६ जनामध्ये चार जनाको उद्धार गरिएको जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमका प्रमुख प्रहरी नायब उपरीक्षक ठगबहादुर केसीले बताउनुभयो । 

उहाँकाअनुसार हस्तबहादुरकी आमा ६० वर्षकी झुपी, श्रीमती २२ वर्षकी ब्युझना, छोरीहरु ५ वर्षकी कोपिला र ३ वर्षकी ऋतुको उद्धार गरिएको हो । 

यसैबीच पहिरोले बाँफिकोट गाउँपालिका वडा नम्बर ४ को स्यार्पु सडकखण्डमा रहेका पाँच वटा पसलमा क्षति गरेको छ ।

जिल्ला प्रहरी कार्यालय रुकुम पश्चिमकाअनुसार बाँफिकोट गाउँपालिका वडा नम्बर ४ का डिलबहादुर परियार र बुद्धि केसीको घर उच्च जोखिममा रहेका छन् । 

अन्तिम अपडेट: चैत १३, २०८०

राजु लामिछाने

राजु लामिछाने रुकुमका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया