जलमग्न भयो तुम्लिङटार बजार, ६ घरपरिवार विस्थापित

 साउन १३, २०७७ मंगलबार ११:४२:४३ | नवीन गुरुङ
unn.prixa.net

सङ्खुवासभा - सङ्खुवासभाको खाँदबारी नगरपालिका-९ तुम्लिङटार बजार डुबानमा परेको छ । लगातारको वर्षापछि बजार डुबानमा परेको हो । 

अहिले सुरक्षाकर्मी र स्थानीयले स्काभेटरकाे सहयोगमा बाढीलाई अरुण नदीतर्फ कटाउने काम गरिरहेका खाँदबारी-९ का वडाध्यक्ष टिकाराम कुमालले जानकारी दिनुभयो । 

दुई दिनदेखि परेको अविरल वर्षाका कारण तुम्लिङटार बजार डुबानमा परेको होे। उहाँले स्थानीय मदन खालिङलगायत ६ घरपरिवार विस्थापित भएको बताउनु भएकाे छ ।

तुम्लिङटार बजार डुबानमा परेको खबर आउनेबित्तिकै उद्धारका लागि प्रहरी परिचालन गरिएकाे सङ्खुवासभाका प्रहरी नायब उपरीक्षक नवराज मल्लले बताउनुभयो ।

अन्तिम अपडेट: चैत १४, २०८०

नवीन गुरुङ

संखुवासभाका पत्रकार नवीन गुरुङ उज्यालोका जिल्ला सम्बाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया