भाेजपुरमा बाढीले घर बगाउँदा तीन जना घाइते

 साउन १३, २०७७ मंगलबार १६:४८:५ | बुद्ध तामाङ
unn.prixa.net

भाेजपुर – भोजपुरमा वर्षासँगै आएको बाढीले घर बगाउँदा एकै परिवारका तीन जना घाइते भएका छन् । बाढीले षडानन्द नगरपालिका ४ मूलपानी घर भइ वडा नम्बर २ का अमृत घलेकी श्रीमती अनिषा र १८ महिने छोरीलाई बगाएको हो । 

मङ्गलबार बिहान ६ बजेतिर स्थानीय चिर्खुवा खोलामा आएको बाढीले खोला नजिकै रहेको अमृत घलेको पसलसहित एक तले घर बगाएको हो । घाइते तीनै जनालाई उपचारका लागि दिङ्ला ल्याइएको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

पहिरोले सडक बन्द  

यस्तै वर्षाका कारण पहिरो खस्दा यातायात सेवा बन्द भएको छ । पहिरोले पौवादुङमा गाउँपालिका २ तिवारी भञ्ज्याङमा रहेको मध्य पहाडी लोकमार्गमा क्षति पुर्‍याएकाे छ । 

यस्तै पहिरोले टेम्केमैयुङ गाउँपालिका २ छिनामखुको श्रीदलीमा रहेको मध्यपहाडी लोकमार्ग अन्तर्गतकाे सडक खण्ड पनि पुरेको छ । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया