कालीकोट पहिरो अपडेट : थप २ जनाको ज्यान गयो

 साउन १५, २०७७ बिहिबार १८:१४:२५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – सान्नी त्रिवेणी गाउँपालिका ६ काे बोटगाउँमा गएकाे पहिरोमा परेर थप दुई जनाको ज्यान गएको छ । पर्शुराम सज्याल र तारा सज्यालको ज्यान गएको जिल्ला प्रहरी कार्यालय कालीकोटाले जनाएको छ ।

खानेपानीको पाइप जोड्न खोलामा गएको समयमा पर्शुरामको र भैंसीखर्क जाने क्रममा ताराको ज्यान गएको प्रहरीको भनाइ छ । योसँगै कालीकोटमा गएकाे सोमबारदेखि बिहीबारसम्म पहिरोमा परेर १६ जनाको ज्यान गएकाे छ । ६ जना घाइते भएका छन् ।

पहिराेमा बेपत्ता भएका चार जनाको खोजी भइरहेको छ । पहिरोले २० वटा घर पूर्णरुपमा भत्किएकाे जिल्ला प्रहरी कार्यालय कालीकाेटले जनाएको छ ।

अन्तिम अपडेट: चैत ५, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया