आज हिजोअस्तिको तुलनामा कम पानी पर्ने

 साउन १६, २०७७ शुक्रबार ८:१२:५५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ - आज पनि देशका थोरै ठाउँमा ठूलो पानी पर्ने संभावना रहेको मौसमविद्ले बताएका छन् । 

मनसुनी वायुको प्रभावले प्रदेश १, वाग्मती प्रदेश, गण्डकी प्रदेश, प्रदेश ५ र सुदूरपश्चिम प्रदेशको एक दुई ठाउँमा ठूलो पानी परे पनि अरु ठाउँमा हल्कादेखि सामान्य पानी पर्ने मौसम पूर्वानुमान महाशाखाले पूर्वानुमान गरेको छ । 

तर हिजोअस्तिको तुलनामा भने आज कम पानी पर्ने संभावना रहेको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । 

अहिले पनि देशभरिकै मौसम आंशिकदेखि सामान्य बदली भएर केही ठाउँमा पानी परिरहेको छ । 

अन्तिम अपडेट: बैशाख ५, २०८१

तपाईको प्रतिक्रिया