राष्ट्रिय सडक सञ्जालसँग नजोडिएको हुम्लामा पहिलो पटक दुई वटा ट...
बैशाख १५, २०८१ शनिबार
महाेत्तरी – कोरोना भाइरसको जोखिम बढ्दै गएको भन्दै जिल्ला प्रशासन कार्यालय महोत्तरीले जलेश्वर नगरपालिकामा पाँच दिनको लागि निषेधाज्ञा जारी गरेको छ ।
शुक्रबार राति ११ बजेदेखि लागू हुने गरी जलेश्वर नगरपालिका भरिमा निषेधाज्ञा जारी गरिएको हो । निषेधाज्ञा लागू भएको समय अवधिभर नेपाल राजपत्रमा तोकिएको अत्यावश्यक सेवाबाहेकको कुनै पनि गतिविधि नगर्न र नगराउन निर्देशन दिइएको प्रमुख जिल्ला अधिकारी कृष्णबहादुर कटुवालले बताउनुभयो ।
महोत्तरीमा अहिलेसम्ममा आठ सय ६३ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको छ भने एक जनाको ज्यान गएको छ । यस अवधिमा तीन सय ४४ जना उपचारपछि निको भएका छन् ।