अपहरणमा परेका बालकको हत्या, प्रहरी इन्काउन्टरमा दुई अपहरणकारीको मृत्यु

 साउन २१, २०७५ सोमबार १४:११:३५ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाडौं – काँडाघारीबाट आइतबार अपहरणमा परेका ११ वर्षीय बालकको हत्या भएको छ ।

सिन्धुपाल्चोक घर भइ काँडाघारीमा बस्ने निशान खड्काको अपहरणकारीले सोमबार हत्या गरेका हुन् । अपहरणमा संलग्न २ जना व्यक्ति पनि प्रहरी कारबाहीमा मारिएका छन् ।

बालकको खोजीका लागि खटिएको प्रहरी र अपहरणकारीबीच भक्तपुरको डोलेश्वरमा झडप भएको र त्यस क्रममा २ जना अपहरणकारी मारिएको प्रहरीले दाबी गरेको छ । बालककाे शव गाडिएकाे अवस्थामा फेला परेकाे प्रहरीले जनाएकाे छ ।

११ वर्षे खड्कालाई अपहरण गरी उनीहरुले परिवारसँग ४० लाख रुपैयाँ फिरौती मागेको महानगरीय प्रहरी परिसर काठमाडौंका एसएसपी विश्वराज पोखरेलले बताउनुभयो । 

बालकको खोजीका लागि भक्तपुर र काठमाडौका प्रहरी प्रमुख सहित ठूलो संख्यामा प्रहरी परिचालन गरिएको छ ।

अन्तिम अपडेट: पुस ३, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

तपाईको प्रतिक्रिया