बाँकेमा कोरोना सङ्क्रमणबाट ज्यान गुमाउनेको सङ्ख्या ३ पुग्यो

 साउन २५, २०७७ आइतबार १९:६:५२ | गोविन्द शर्मा
unn.prixa.net

बाँके – बाँकेमा कोरोना भाइरसकाे सङ्क्रमणबाट आइतबार थप एक जनाको मृत्यु भएकाे छ ।

शिक्षण अस्पताल कोहलपुरमा उपचाररत कोहलपुर नगरपालिका २ का ७० वर्षीय महिलाको कोरोना सङ्क्रमणका कारण मृत्यु भएको बाँकेका प्रमुख जिल्ला अधिकारी रामबहादुर कुरुम्बाङले जानकारी दिनुभयो । ​योसँगै बाँकेमा कोरोना सङ्क्रमणबाट मृत्यु हुनेकाे सङ्ख्या तीन पुगेको छ ।

यसैबीच आइतबार मात्रै बाँकेमा ४८ जना नयाँ सङ्क्रमित भेटिएकाे भेरी अस्पताल नेपालगञ्जले जनाएको छ । 

अन्तिम अपडेट: चैत १५, २०८०

गोविन्द शर्मा

गोविन्द शर्मा बाँकेका उज्यालो सहकर्मी हुनुहुन्छ ।  

तपाईको प्रतिक्रिया