उदयपुरमा मालपाेत कार्यालयका ६ कर्मचारीसहित १५ जनामा काेराेना सङ्क्रमण

 साउन २७, २०७७ मंगलबार १४:५१:१७ | सुमित्रा कोइराला
unn.prixa.net

प्रतिकात्मक तस्बिर

उदयपुर – उदयपुरमा मालपोत कार्यालयका ६ जना कर्मचारीसहित १५ जनामा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ ।

त्रियुगा नगरपालिकामा आठ जना र बेलका नगरपालिकामा सात जनामा कोरोना सङ्क्रमण पुष्टि भएको जिल्ला स्वास्थ्य कार्यालय उदयपुरका प्रमुख मोहन सुवेदीले जानकारी दिनुभयो । बेलका नगरपालिकामा देखिएका सङ्क्रमित सबै समुदायस्तरका हुन् ।

अहिलेसम्म उदयपुरको बेलका नगरपालिकामा ३१ जना, त्रियुगा नगरपालिकामा ५९ जना, कटारी नगरपालिकामा सात जना, चौदण्डीगढी नगरपालिकामा दुई जना, उदयपुरगढी गाउँपालिकामा दुई जना र ताप्ली गाउँपालिकामा तीन गरी एक सय चार जनामा सङ्क्रमण भएको प्रमुख सुवेदीले बताउनुभयो । 

अन्तिम अपडेट: बैशाख ७, २०८१

सुमित्रा कोइराला

सुमित्रा कोइराला उदयपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया