भोजपुरमा ज्वरोका बिरामी बढे, दैनिक २० भन्दा धेरै अस्पताल पुग्दै

 साउन २९, २०७७ बिहिबार १५:५०:५ | बुद्ध तामाङ
unn.prixa.net

भोजपुर – जिल्ला अस्पताल भोजपुरमा ज्वरोका बिमारी बढेका छन् । दैनिक २० जनाभन्दा धेरै ज्वरोका बिरामी अस्पतालमा भर्ना हुन आउने गरेको अस्पतालले जनाएको छ ।

व्यक्तिगत सरसफाइमा ध्यान नदिँदा उच्च ज्वरो, टाइफाइड, स्क्रब टाइफस र भाइरल फ्लु जस्ता समस्याका बिरामी बढेको जिल्ला अस्पताल भोजपुरका डाक्टर अमितेसराज पाण्डेले बताउनुभयो । डा. पाण्डेले भन्नुभयो, ‘उच्च ज्वरो, टाइफाइड, स्क्रब टाइफस र भाइरल फ्लुका बिरामी बढे पनि बिरामीको ट्राभल हिस्ट्री सामान्य जिल्लाभित्र मात्र भएकाले कोरोना सङ्क्रमणको शङ्का छैन ।’ 

उच्च ज्वरो, टाइफाइड, स्क्रब टाइफस र भाइरल फ्लुबाट बच्न विशेषतः सरसफाइमा ध्यान दिनुपर्र्ने, सफा उमालेको अर्थात् फिल्टर गरेको पानी खान, झुल लगाएर सुत्न डाक्टर पाण्डेको सुझाव छ । 

अस्पतालले कोरोना सङ्क्रमणलाई मध्यनजर गर्दै ज्वरोका बिरामीलाई छुट्टै स्थानमा उपचार गरिरहेको छ ।  
 

अन्तिम अपडेट: बैशाख ३, २०८१

बुद्ध तामाङ

बुद्ध तामाङ भोजपुरका उज्यालो सहकर्मी हुनुहुन्छ । 

1 Comments

  • विध्या कुमार नायक

    Aug. 13, 2020, 4:50 p.m.

    कोरोनाको त्रासमा र सरकारले पनी कोरोनाको उपचारमा मात्र ध्यान दिएर अरु रोगले धेरै मान्छे मर्ने हो कि भन्ने डर लाग्न थालिसक्यो। यसलाई समयमै धयान पूर्वक हेर्नु पर्यो।

  •  0 Reply

तपाईको प्रतिक्रिया