कोरोनाका कारण थप एकको ज्यान गयो : ज्यान गुमाउनेको संख्या ९६ पुग्यो

 साउन ३०, २०७७ शुक्रबार ८:३९:५० | आशिष विश्वकर्मा
unn.prixa.net

 सिरहा - नेपालमा कोरोना संक्रमणका कारण थप एक जनाको ज्यान गएको छ । गएराति कोशी अञ्चल अस्पताल विराटनगरमा सिरहाको विष्णुपुर गाउँपालिका-१ गौरीपुरका ४० वर्षका पुरुषको ज्यान गएको हो ।

ज्वरो, टाइफाइड र श्वास-प्रश्वासमा समस्या देखिएपछि अस्ति विराटनगर पुगेका पुरुषको आइसोलेशनमा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

उनको मृत्युपछि कोरोना रिपोर्ट पोजेटिभ आएको हो । अहिले शव सिरहा लैजाने तयारी भैरहेको प्रमुख जिल्ला अधिकारी प्रदिपराज कँडेलले जानकारी दिनुभयो । 

योसँगै नेपालमा कोरोना संक्रमणका कारण ज्यान गुमाउनेको संख्या ९६ पुगेको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले भने यसबारेमा नियमित पत्रकार सम्मेलनमा मात्रै जानकारी दिनेछ ।

अन्तिम अपडेट: चैत ४, २०८०

आशिष विश्वकर्मा

आशिष विश्वकर्मा सिरहाका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया