कालीकोटको महाबैमा पहिरो : ६ जना बेपत्ता

 साउन ३०, २०७७ शुक्रबार ८:५०:५४ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट - कालीकोटको महाबै गाउँपालिका-३ नकुमा पहिरो जाँदा ६ जना बालबालिका बेपत्ता भएका छन् । 

बिहीबार राति रजबहादुर बिष्टको घर पहिरोले पुरिँदा बिष्टका २ छोरी, दुई छोरा र बिष्टका दाजु डिलबहादुर बिष्टका २ छोरी पहिरोमा पुरिएको स्थानीय खेमबहादुर सिंहले बताउनुभयो ।

घटनास्थलमा स्थानीयले उद्धार गरिरहेका छन् । प्रहरी टोली घटनास्थलतर्फ पठाइएको जिल्ला प्रहरी कार्यालय कालीकोटका डीएसपी श्यामबाबु ओलीयाले बताउनुभयो ।

अन्तिम अपडेट: फागुन २८, २०८०

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया