अब यी मितिमा हुँदैछ मलेसिया र साउदीबाट थप उडान

 साउन ३०, २०७७ शुक्रबार १७:१८:३१ | उज्यालो सहकर्मी
unn.prixa.net

काठमाण्डौ – साउदी र मलेसियामा रहेका नेपाली दूतावासले त्यहाँ समस्यामा परेका नेपालीको स्वदेश फिर्तीका लागि थप उडान तालिका सार्वजनिक गरेका छन् ।

साउदीबाट नेपाल एअरलाइन्सले तीन र हिमालय एअरलाइन्सले चार उडान भर्ने त्यहाँ रहेको नेपाली दूतावासले जनाएको छ । हिमालय एअरलाइन्सले अगष्ट २०, २३, २६ र २८ मा दमामबाट उडान भर्ने छ भने नेपाल एअरलाइन्सले अगष्ट २३ मा दमामबाट तथा अगष्ट २६ र २८ मा रियादबाट नेपालीको स्वदेश फिर्तीका लागि उडान भर्नेछ ।

दूतावासले यो उडानमार्फत नेपाल फर्कन प्राथमिकतामा परेका नेपालीको सूची एअरलाइन्स कम्पनीलाई पठाइसकेको जनाएको छ । प्राथमिकतामा परेकाले नेपाल एअरलाइन्स र हिमालय एअरलाइन्सको आधिकारिक ठाउँबाट मात्र टिकट काट्न अनुरोध गरेको छ ।

साउदीबाट फर्कन नेपाल एअरलाइन्सको टिकट काट्न गिफ्ट ट्राभल एण्ड टूर प्राइभेट लिमिटेडका रमेश श्रेष्ठलाई ००९६६५८३९५१२३४ मा सम्पर्क गर्न दूतावासले अनुरोध गरेको छ । हिमालय एअरलाइन्सको टिकट काट्नका लागि एअरलाइन्सको दमामस्थित प्रतिनिधि सुवास तिमिल्सिनालाई ००९६६५९८४००१९८ मा सम्पर्क गर्न सकिन्छ ।

साउदीबाट फर्कनेको साथमा कोरोना नेगेटिभ भएको प्रमाणपत्र अनिवार्य हुनुपर्छ । टिकट निश्चित भएपछि कोरोना जाँच गराउन दूतावासले भनेको छ । उडान सम्बन्धी सबै जानकारीका लागि एअरलाइन्सका प्रतिनिधिलाई नै सम्पर्क गर्नुपर्नेछ ।

मलेसियाबाट ६ उडान हुँदै

मलेसियाबाट नेपालीको स्वदेश फिर्तीका लागि थप ६ उडान निश्चित भएको छ। नेपाल एअरलाइन्स, हिमालय एअरलाइन्स र मलिण्डो एअरले विभिन्न मितिमा उडान भर्नेछन् । अगष्ट १७, १९, र २१ मा हिमालय एअरलाइन्सले उडान भर्नेछ भने अगष्ट १९ मा नेपाल एअरलाइन्सले दुई उडान भर्नेछ ।

यस्तै मलिण्डो एअरले अगष्ट २१ मा नेपालीको स्वदेश फिर्तीका लागि उडान भर्नेछ । मलेसियाबाट घर फर्कनका लागि नेपाल एअरलाइन्सको टिकट काट्न ९८४७२९३७७७, ९८४१४३६१४४ मा सम्पर्क गर्न सकिने दूतावासले जनाएको छ भने हिमालय एअरलाइन्सको टिकट काट्नका लागि ६०११३७१८९२५२, ६०११२८०६६१८१ मा सम्पर्क गर्न सकिन्छ ।

यस्तै मलिण्डो एअरको टिकट काट्नका लागि मलिण्डो एअरको कल सेन्टरमा ६०३७८४१५३८८ मा सम्पर्क गर्नदूतावासले अनुरोध गरेको छ । उडान हुन गयरहेको एअरलाइन्समा सम्पर्क गरेर टिकट काट्नु पर्छ भने रोजगार भिसामा मलेसिया गएको हो भने मलेसियाको अध्यागमनबाट चेकआउट मेमो अनिवार्य लिनपर्छ । यसको प्रवन्ध रोजगारदाताले गर्नु पर्छ ।

नेपाल पुग्ने दिनले सात दिनभित्र पर्नेगरी कोरोना परीक्षण गर्ने र कोरोना नभएको रिपोर्ट साथमा राख्नु पर्छ ।हिजोसम्म मलेसियाबाट ७ हजार ६४२ जना र ७ हजार ८ सय १७ जना स्वदेश आइपुगेको कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ । 

हिजोसम्म मलेसियाबाट ७ हजार ६४२ जना र ७ हजार ८ सय १७ जना स्वदेश आइपुगेका कोभिड १९ संकट व्यवस्थापन केन्द्र सीसीएमसीले जनाएको छ ।

अन्तिम अपडेट: बैशाख ६, २०८१

तपाईको प्रतिक्रिया