खोलाले बगाउँदा कालीकाेटमा एकै परिवारका चार जनाकाे ज्यान गयाे

 साउन ३२, २०७७ आइतबार १८:०:४५ | मनिराज पाण्डे
unn.prixa.net

कालीकोट – कालीकोटको नरहरिनाथ गाउँपालिका ७ उच्छवको दुदुली खोलाले बगाउँदा एकै परिवारका चार जनाको ज्यान गएको छ ।

माइत जान हिँडेकी अछामको पञ्चदेवल विनायक नगरपालिका ९ तानकोटकी ३३ वर्षीया देवा बोहोरा, उहाँकी १४ वर्षीया छोरी विपना सात वर्षीय छोरा हेमन्त र एक वर्षीया छोरी आकृतिको खोलाले बगाएर ज्यान गएको हो ।

शनिबार खोलाले बगाएका उनीहरुको शव आइतबार फेला परेको नरहरिनाथ गाउँपालिकाका अध्यक्ष धीरबहादुर विष्टले जानकारी दिनुभयो । भारी वर्षासँगै खोलामा पानीको बहाव बढेकाले जङ्घार तर्दा उनीहरु बगेकाे जिल्ला प्रहरी कार्यालय कालीकोटले जनाएको छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

मनिराज पाण्डे

कालिकोटका पत्रकार मनिराज पाण्डे उज्यालोका जिल्ला सम्वाददाता हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया