बारा र पर्सामा काेराेना सङ्क्रमित थपिँदै, थप १३४ जनामा सङ्क्रमण पुष्टि

 भदौ २, २०७७ मंगलबार १३:४१:५० | केसी लामिछाने
unn.prixa.net

पर्सा – बारा र पर्साका थप एक सय ३४ जनामा काेराेना भाइरसकाे सङ्क्रमण पुष्टि भएकाे छ । नारायणी अस्पतालको प्रयोगशालामा गरिएको परीक्षणमा ६६ र काठमाण्डाैकाे टेकु प्रयोगशालामा गरिएको परीक्षणमा ६८ जनामा काेराेना सङ्क्रमण देखिएकाे छ । 

गएकाे साउन २६ र २७ गते नारायणी अस्पतालको प्रयोगशालामा पीसीआर किट अभाव भएपछि ११ सयभन्दा बढी स्वाब परीक्षणका लागि केन्द्रीय प्रयोगशाला काठमाण्डाै पठाइएको थियो । त्यही स्वाबको रिपोर्ट आउँदा ६८ जना सङ्क्रमित थपिएका हुन् ।

वीरगञ्जकाे नारायणी अस्पतालमा रहेको प्रयोगशालामा गरिएको परीक्षणको पछिल्लो रिपोर्टअनुसार पर्साको बहुदरमाई नगरपालिकामा सबैभन्दा बढी २५ जनामा सङ्क्रमण पुष्टि भएको छ । साउन ३० गते बहुदरमाई स्वास्थ्य चौकीमा ७७ जनाको स्वाबको नमुना सङ्कलन गरेर परीक्षण गर्दा २५ जनामा सङ्क्रमण पुष्टि भएको नगरपालिका कार्यालयले जनाएको छ । वीरगञ्जमा पत्रकार, चिकित्सकसहित ६६ जनामा कोरोना सङ्क्रमण पुष्टि भएको हो ।

जिल्ला प्रहरी कार्यालय पर्साका प्रवक्ता प्रहरी नायब उपरीक्षक (डीएसपी) मनजीत कुँवरका अनुसार जिल्ला प्रहरी कार्यालयमा कार्यरत पाँच जना र वडा प्रहरी कार्यालय बिर्ताका दुई जना गरी सात प्रहरी कर्मचारी सङ्क्रमित भएका छन् ।

नारायणी अस्पतालका एक जना चिकित्सक र ओपीडीका एक कर्मचारीमा पनि सङ्क्रमण पुष्टि भएको छ ।

बारा जिल्लामा भेटिएका सङ्क्रमितमध्ये पाँच जना प्रसौनी गाउँपालिकाका रहेका छन् भने पिलुवाका दुई जना, सिम्रौनगढ नगरपालिकाका एक जना र कलैया उपमहानगरपालिकाका एक जना रहेको नारायणी अस्पतालले जनाएको छ ।

नारायणी अस्पतालमा सोमबार राति गरिएको परीक्षणमा आठ वर्षीया बालिकादेखि ७९ वर्षीय वृद्धमा सङ्क्रमण देखिएको हो । सङ्क्रमित हुनेमा १७ जना महिला रहेका छन् । मङ्गलबार थपिएका मध्ये दुई जनाको नारायणी अस्पतालकाे सघन उपचार कक्ष (आईसीयू) मा उपचार भइरहेको अस्पतालले जनाएको छ । 

अन्तिम अपडेट: मंसिर ६, २०८१

उज्यालोका खबर फेसबुक, इन्स्टाग्राम, एक्स ट्वीटरयूट्युबमा हेर्न तथा उज्यालो रेडियो नेटवर्क ९० मेगाहर्जसँगै देशभरका विभिन्न एफएम रेडियोहरुबाट पनि सुन्न सकिन्छ । उज्यालोमा प्रकाशित तथा प्रसारित सामग्री यस संस्थाको स्वतन्त्र, निष्पक्ष र तथ्यमा आधारित सम्पादकीय नीतिबाट निर्देशित छन् र गल्ती नहोस भन्नेमा सचेतता अपनाएर तयार पारिएका छन् । प्रकाशन र प्रसारण भएका सामग्रीको विषयमा तपाईको गुनासो, प्रतिकृया र सुझावलाई हार्दिक स्वागत गर्दै गल्ती भएको पाईएमा तत्काल सच्याइने जानकारी गराईन्छ । उज्यालोबाट प्रकाशन तथा प्रसारण हुने सामग्रीको प्रतिलिपि अधिकार यस संस्थामा निहीत रहेकोले संस्थाको अनुमति विना समाचारको नक्कल उतार्ने, पुनरुत्पादन, प्रशारण वा फोटोकपी गर्न पाइदैन । कसैले त्यसो गरेमा कानूनी कार्वाही हुन सक्नेछ ।

केसी लामिछाने

केसी लामिछाने पर्साका उज्यालो सहकर्मी हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया