काठमाण्डौ उपत्यकालाई बादलले ढाक्यो, केही ठाउँमा ठूलो वर्षा

 भदौ २, २०७७ मंगलबार १४:५५:३९ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अहिले देशभरको मौसम बदली भएको छ । काठमाण्डौ उपत्यका, नुवाकोट, मकवानपुर र धादिङका केही ठाउँमा भने ठूलो वर्षा भएको मौसमविद् गंगा नगरकोटीले जानकारी दिनुभयो । 

उपत्यका र आसपासमा बादल विकसित हुँदा दिउँसै अँध्यारो जस्तो देखिएको उहाँले बताउनुभयो । मनसुनको समयमा केही क्षेत्रमा बादल विकसित भएर अँध्यारो हुने घटना नौलो भने नभएको मौसमविद् नगरकोटीले बताउनुभयो । 
उपत्यका र आसपासका क्षेत्रका केही ठाउँमा अहिले मेघगर्जन पनि भइरहेको छ । मङ्गलबार राति पनि यी क्षेत्रमा ठूलो वर्षाको अनुमान गरिएको छ । 

मङ्गलबार राति देशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेकाले सतर्क रहन मौसमविद्को सुझाव छ । 

अन्तिम अपडेट: चैत २४, २०८०

तपाईको प्रतिक्रिया