हेटौँडामा ज्यान गुमाएका ६१ वर्षीय पुरुषमा काेरोना पुष्टि

 भदौ ३, २०७७ बुधबार १३:५७:४४ | हरि हुमागाईं
unn.prixa.net

मकवानपुर – हेटौँडामा ज्यान गुमाएका ६१ वर्षीय पुरुषमा कोरोना भाइरसकाे सङ्क्रमण पुष्टि भएको छ । 

हेटौँडा उपमहानगरपालिका १ काे जरुवाटोलका ६१ वर्षीय पुरुषमा कोरोना सङ्क्रमण पुष्टि भएको हो । ती पुरुषमा हेपटाइटिस, रक्तचाप लगायतकाे स्वास्थ्य समस्या रहेको थियो । 

हेटौँडामा रहेको किटजन्य रोग अनुसन्धान तथा तालिम केन्द्रमा रहेको प्रादेशिक कोरोना प्रयोगशालामा परीक्षणका क्रममा कोरोना सङ्क्रमण पुष्टि भएको उपमहानगरपालिकाका जनस्वास्थ्य निरीक्षक भोला चौलागाईंले बताउनुभयो ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

हरि हुमागाईं

मकवानपुरका उज्यालो सहकर्मी हरि हुमागाईं नेपाल पत्रकार महासंघको पूर्व जिल्ला अध्यक्षसमेत हुनुहुन्छ । 

तपाईको प्रतिक्रिया