अझै केही दिन ठूलो पानी पर्ने, बाढी पहिरोको जोखिम कायमै

 भदौ ३, २०७७ बुधबार १७:७:२१ | उज्यालो सहकर्मी
unn.prixa.net

प्रतिकात्मक तस्बिर

काठमाण्डाै – अहिले देशका धेरै ठाउँमा पानी परेको छ । अरु प्रदेशको तुलनामा वाग्मती, गण्डकी र सुदूरपश्चिम प्रदेशका धेरै ठाउँमा ठूलो वर्षा भएको मौसमविद् प्रतिभा मानन्धरले बताउनुभयो ।

बुधबार राति पनि यी प्रदेशका धेरै ठाउँमा ठूलो वर्षाको सम्भावना रहेको उहाँले बताउनुभयो । केही ठाउँमा मेघगर्जनसमेत हुने मौसमविद्ले बताएका छन् ।

मनसुनी न्यून चापीय प्रणालीसँगै भारतको मध्य प्रदेशमा बनेको न्यून चापीय क्षेत्रको प्रभावका कारण देशभरको मौसम बदली भएको र अझै केही दिन ठूलो पानी पर्ने मौसमविद्ले बताएका छन् ।

वर्षाको सम्भावना रहेकाले बाढी पहिरो र डुबानको जोखिम कायमै छ । मौसमविद्ले रातको समयमा धेरै वर्षा हुने अनुमान रहेकाले सतर्क रहन सुझाव दिएका छन् ।

यस्तै, नदी आसपासमा बसोबास गर्नेलाई पनि विशेष सावधानी अपनाउन मौसमविद्को सुझाव छ  । केही दिनदेखि वर्षा भइरहेकाले पहाडी क्षेत्रमा पहिरोको जोखिम उच्च छ । 

अन्तिम अपडेट: बैशाख १३, २०८१

तपाईको प्रतिक्रिया