अछाममा बाढीले बगाएका १७ जनाकै परिचय खुल्याे

 भदौ ३, २०७७ बुधबार १८:४८:५६ | चन्द्र थापा
unn.prixa.net

अछाम – रामारोशन गाउँपालिकामा बाढीले बगाएर हराइरहेका १७ जनाको परिचय खुलेको छ । गाउँपालिकाको वडा नम्बर ५ सैनिबजारमा व्यापार गर्दै आएका १७ जनालाई मङ्गलबार राति आएको बाढीले बगाएकाे थियाे । 

बाढीले बगाउनेमा चन्द्रबहादुर साउद, बसुन्धरा साउद, नन्द सिंह साउद, गंगा साउद, रुपेश साउद, जोगा साउद, नवीन साउद, कविता बुढा साउद, अमरबहादुर साउद, पवित्रा शाह, समिर शाह, लालसरा शाह, वसन्ती शाही, गौरी शाह, सम्झना शाह, प्राप्ति साउद र बिमा साउद रहेकाे गाउँपालिकाका अध्यक्ष झंकरबहादुर साउदले बताउनुभयो ।

बेपत्तामध्ये चार जनाको शव बान्नीगढी जयगढ गाउँपालिका ६ काे दर्नाको कोसेडा क्षेत्र र दुई जनाको शव मङ्गलसेन नगरपालिका ३ काे रलेको लमतणा र सेरीमा भेटिएको जिल्ला प्रहरी कार्यालयका प्रहरी नायब उपरीक्षक (डीएसपी) योगेन्द्रसिंह थापाले जानकारी दिनुभयाे । 

अहिले उद्धार टाेलीले हराइरहेकाहरुकाे खाेजी गरिरहेका छन् ।

अन्तिम अपडेट: बैशाख ७, २०८१

चन्द्र थापा

अछामका उज्यालो सहकर्मी चन्द्र थापा रेडियो रामारोशनमा पनि काम गर्नुहुन्छ । 

तपाईको प्रतिक्रिया